Welcome to INDEPENDENT NEWS SERVICE

 
Home
Yesterday News
 
 
 

 

Yesterday's News 2010-03-09
 
खेलकुद:: यति एयरलाइन्स काठमाडौँद्वारा उपाधिको कब्जा
 विराटनगर, फागुन २५/प्रथम कृष्णबहादुर श्रेष्ठ स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि यति एयरलाइन्स काठमाडौँले हात पारेको छ ।
 
अहिलेको सरकारसँग सुरक्षाको आशा नगर्न आग्रह
 काठमाडौँ, फागुन २५/एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराइले अहिलेको सरकारबाट प्रेस स्वतन्त्रता र सुरक्षाको आशा नगर्न पत्रकारहरूलाई आग्रह गरेका छन् ।
 
खेलकुद:: ढुङ्गानालाई तीन स्वर्ण पदक
 नुवाकोट, फागुन २५/नुवाकोट महोत्सव अन्तर्गत सञ्चालन भएको जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा खजराज ढुङ्गानाले तीन स्वर्ण पदक जितेका छन् ।
 
खेलकुद:: नेपालको विजय यात्रा जारी
 काठमाडौँ, फागुन २५/एसिसि अण्डर -16 एलाइट कप क्रिकेट प्रतियोगीता अन्तर्गत आजको खेलमा कुवेतलाई १ सय १ रनले हराउँदै नेपालले आफ्नो विजययात्रालाई जारी राखेको छ ।
 
भारत:: विधेयकको प्रतिलिपी च्यात्ने ७ सांसद निलम्बन
 नयाँदिल्ली, फागुन २५/भारतको राज्यसभामा हिजो पसश गरिएको महिला आरक्षण विधेयकको प्रतिलिपी च्यात्ने ७ जना सांसदहरूलाई निलम्बन गरिएको छ ।
 
छ दशकको प्रयासपछि यस वर्ष मोटरबाटो पुग्ने
 गाइघाट, फागुन २५/करिब छ दशकको प्रयास पछि यस वर्ष उदयपुर जिल्लाको पहाडी गाविस भुट्टारमा मोटरबाटो पुग्ने भएको छ ।
 
इलामका ४३ वटा विद्यालयको भवन निर्माण सुरु
 इलाम, फागुन २५/इलामका ४३ वटा विद्यालयका भवनहरूको निर्माण सुरु गरिएको छ ।
 
उदयपुरमा अज्ञात समूहद्वारा एकको अपहरण
 गाइघाट, फागुन २५/उदयपुरको रामपुर ठोक्सिला गाविस वडा नम्बर ७ का ३२ वर्षका कपिल खतिवडालाई अज्ञात समूहले आज अपहरण गरेको छ ।
 
५० घरपरिवार सुकुम्बासीलाई प्रहरी लगाई हटाइयो
 परासी, फागुन २५/नवलपरासीको गैँडाकोटमा सुकुम्बासीको नाममा सार्वजनिक जग्गा कब्जा गरी बसेका ५० घरपरिवारलाई प्रहरीले हटाएको छ ।
 
माओवादीले संविधान निर्माण गर्न चाहेन : नेता ओली
 पोखरा, फागुन २५/नेकपा एमालेका नेता केपी शर्मा ओलीले माओवादीले संविधान निर्माण गर्न र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन नचाहेको आरोप लगाएका छन् ।
 
सभापति कोइरालाको स्वास्थ्य अवस्था कमजोर
 काठमाडौँ, फागुन २५/नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ ।
 
बैठकमा एमाले केन्द्रीय सदस्यहरूको फरक-फरक धारणा
 काठमाडौँ, फागुन २५/प्रमुख सत्तारुढ दल नेकपा एमालेका केन्द्रीय सदस्यहरूले राज्यको शासकिय स्वरुपका बारेमा आज पनि फरक-फरक धारणा राखेका छन् ।
 
काङ्ग्रेस बैठकमा विषयमाथिको समिक्षा
 काठमाडौँ, फागुन २५/नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठकमा आज विभिन्न विषयगत समितिहरूले तयार पारेको मस्यौदामा रहेका विमतीहरूको अन्त्यका लागि दलका नेताहरूसँग संवैधानिक समितिले गरेको छलफलका विषयमा समिक्षा भएको छ ।
 
संविधानसभाको कार्यतालिका दशौँ पटक संशोधन
 काठमाडौँ, फागुन २५/संविधानसभाले संविधान लेखन कार्यतालिका दशौँ पटक संशोधन गरेको छ । २०६७ साल जेठ १४ गते नयाँ संविधान जारी गर्ने मूल तालिकामा कुनै असर नपर्नेगरी कार्यतालिका संशोधन गरेको हो ।
 
खेलकुद:: उदघाटन खेलमा पृथ्वीनारायण कलेज विजयी
 काठमाडौँ, फागुन २५/राष्ट्रिय अन्तरकलेज स्तरीय भलिवल प्रतियोगिताको उदघाटन खेलमा पृथ्वीनारायण कलेज, पोखरा विजयी भएको छ ।
 
संविधान बनाउन सबैको बराबर जिम्मेवारी : प्रचण्ड
 जाजरकोट, फागुन २५/एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेठ १४ गते नयाँ संविधान बनाउन सबैको बराबर जिम्मेवारी रहेको बताएका छन् ।
 
खेलकुद:: एपिएफ र जावलाखेल युथ क्लवबीच प्रतिस्पर्धा
 काठमाडौँ, फागुन २५/सहिद स्मारक ए डिभिजन लिग फुटवल प्रतियोगितामा अहिले जावलाखेल युथ क्लव र एपिएफ क्लवबीच प्रतिस्पर्धा भइरहेको छ ।
 
म्यानमार:: निर्वाचनका लागि नयाँ कानुन पारित
 म्यानमार, फागनु २५/म्यानमारको सैनिक सरकारले देशमा निर्वाचनका लागि नयाँ कानुन पारित गरेको छ । यसबाट यस वर्ष गरिने भनिएको आम निर्वाचनका लागि मार्ग प्रशस्त भएको छ ।
 
संविधानसभाको बैठक सुरु
 काठमाडौँ, फागुन २५/संविधानसभाको बैठक सुरु भएको छ । बैठकमा सभाध्यक्ष सुभासचन्द्र नेम्वाङले कार्यतालिका संशोधन प्रस्ताव बैठकमा पेस गर्नेछन् ।
 
माओवादी नागरिक पार्टी बन्न तयार भए सरकार छोड्ने
 काठमाडौँ, फागुन २५/नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले काङ्ग्रेस, एमाले, फोरम जस्तै माओवादी पनि नागरिकको पार्टी बन्न तयार भए आफ्नो पार्टी सरकार छोड्न तयार रहेको बताएका छन् ।
 
एमाले केन्द्रीय कमिटीको बैठक जारी
 काठमाडौँ, फागुन २५/राज्यको शासकिय स्वरुपका बारेमा छलफल गर्न सत्तारुढ प्रमुख दल नेकपा एमाले केन्द्रीय कमिटीको बैठक अहिले पार्टी कार्यालय बल्खुमा बसिरहेको छ ।
 
अपडेट:: काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी
 काठमाडौँ, फागनु २५/नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक अहिले बसिरहेको छ ।
 
संविधानको माग गर्दै नागरीक खबरदारी सभा सुरु
 काठमाडौँ, फागुन २५/निर्धारित समयमा अग्रगामी संविधान जारी गर्न माग गर्दै लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनले अहिले नागरीक खबरदारी सभा गरिरहेको छ ।
 
सिजन अघि नै चिनी उद्योगहरू बन्द
 परासी, फागुन २५/नवलपरासीमा रहेका तीन वटै ठूला चिनी उद्योगहरू सिजनभन्दा पहिला नै बन्द हुन पुगेका छन् ।
 
निर्धारित समयमै संविधान बनाउने दलहरूको प्रतिबद्धता
 काठमाडौँ, फागुन २५/संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरूले निर्धारित समयभित्रै संविधान बनाउने प्रतिबद्धता जनाएका छन् ।
 
खेलकुद:: न्युजिल्याण्डद्वारा २ सय ४६ रनको लक्ष प्रस्तुत
 न्युजिल्याण्ड, फागुन २५/अष्ट्रेलीया बिरुद्धको तेस्रो एक दिवसीय क्रिक्रेट म्याचमा घरेलु टोली न्युजिल्याण्डले २ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
 
विकास समितिद्वारा सञ्चारमन्त्रीसँग स्पष्टिकरण
 काठमाडौँ, फागुन २५/ब्यवस्थापिका संसदअन्तरगत विकास समितिले सञ्चारमन्त्री शङ्कर पोखरेलसँग मङ्गलबार स्पष्टिकरण लिएको छ ।
 
सामान्य विवादपछि एक महिलाको हत्या
 मोरङ, फागुन २५/मोरङको लेटाङ-२ स्थित मङ्गलबार दुइ जनाबीच भएको सामान्य विवादपछि एक महिलाको मृत्यु भएको छ ।
 
खेलकुद:: लिभरपुल पराजित
 लण्डन, फागुन २५/इङलिस प्रिमीयर लिगअन्तरगत सोमबार राति भएको एकमात्र खेलमा लिभरपुल पराजित भएको छ ।
 
इराक:: संसदीय चुनावमा ६२ प्रतिशत मत खस्यो
 बगदाद, फागुन २५/इराकमा आइतबार भएको संसदीय चुनावमा कुल जनसङ्ख्यामध्ये ६२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
 
भारत:: महिला आरक्षण विधेयक विवादित
 नयाँदिल्ली, फागुन २५/भारतको राज्यसभामा सोमबार पेश गरिएको महिला आरक्षण विधेयक राजनीतिक विवादका कारण अनिश्चित बनेको छ ।
 
गोली प्रहारगरी अज्ञात समुहद्वारा दुइको हत्या
 सिराहा, फागुन २५/अज्ञात व्यक्तिहरूले चलाएको गोली लागेर सिराहामा एक बालक सहित दुइ जनाको मृत्यु भएको छ ।
 
संवैधानिक समिति र नेताहरूबीच छलफल जारी
 काठमाडौँ, फागुन २५/संवैधानिक समिति र प्रमुख राजनीतिक दलका नेताहरूबीचको छलफल अहिले जारी छ ।
 
मधेसी युवाद्वारा दवावका कार्यक्रम सार्वजनिक
 काठमाडौँ, फागुन २५/मधेसी जनाधिकार फोरम नेपालको भ्रातृ सङ्गठन मधेसी युवा फोरमले निर्धारित समयमा नै संविधान निर्माणका लागि थप दवावका कार्यक्रम सार्वजनिक गरेको छ ।
 
स्वास्थ्य चौकीलाई जग्गादान
 रुकुम, फागुन २५/रुकुमको पिपल गाविस-७ का धनबहादुर खत्रीले जनयुद्धका क्रममा सहिद भएका आफ्ना छोराको सम्झनामा स्वास्थ्य चौकीलाई जग्गादान गरेका छन् ।
 
खेलकुद:: नेपाल कुवेतसँग भिड्दै
 काठमाडौँ, फागुन २५/एसिसी अण्डर -१६ एलाइट कप क्रिक्रेट प्रतियोगिताअन्तरगत मङ्गलबार नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।
 
नागरिक आन्दोलनले खबरदारीसभा गर्ने
 काठमाडौँ, फागुन २५/निर्धारित समयमा अग्रगामी संविधान जारी गर्न मागगर्दै दबावस्वरुप लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनले मङ्गलबार नागरिक खबरदारीसभा गर्ने भएको छ ।
 
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
 काठमाडौँ, फागुन २५/सत्तासाझेदार दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्दैछ ।
 
खेलकुद:: आज पनि दुइ खेल हुने
 काठमाडौँ, फागुन २५/राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटवल प्रतियोगिताअन्तरगत मङ्गलबार पनि दुइ खेलहरू हुने भएका छन् ।
 
समितिले प्रमुख दलका प्रमुख नेतासँग छलफल गर्ने
 काठमाडौँ, फागुन २५/संवैधानिक समितिले मङ्गलबार प्रमुख राजनीतिक दलका प्रमुख नेताहरूसँग छलफल गर्ने भएको छ ।
 
कार्यतालिका फेरि संशोधन हुने
 काठमाडौँ, फागुन २५/संविधान निर्माणको कार्यतालिका फेरि संशोधन हुने भएको छ । कार्यतालिकाको यो १० औँ संशोधन हुनेछ ।
 
एमाले केन्द्रीय कमिटीको बैठक आज पनि
 काठमाडौँ, फागुन २५/सत्तारुढ प्रमुख दल नेकपा एमाले केन्द्रीय कमिटीको बैठक मङ्गलबार पनि जारी रहने छ ।
 
 
1 2 [Next]
 
Username
 
Password
 
   
 
Home |About Us | Send News | Contact | Feedback
© Independent News Service - www.insonline.org All Rights Reserved.